|

काठमाडौं : नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन्। 

दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन्। 

ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन्। जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ। बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ। बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा प्रवेश गरेको छ। 

ललितपुरका लागि खेलको छैटौँ मिनेटमा विदेशी नुर्लान नोभु्रजुभ जाहिदले निर्णायक गोल गरे। खेलको २२औंँ मिनेटमा बुटवलका आशिष लामाको प्रहार गलत सावित भयो। पहिलो हाफको इञ्जुरी समयमा बुटवलका सुमन लामाको प्रहार गोलमा परिणत हुन सकेन। मध्यान्तरपछिको खेलमा पनि ललितपुरले गोलको राम्रो प्रयास गरेको थियो। खेलको ६५ औं मिनेटमा डोना थापाले प्रहार गरेको बल गोल पोष्ट बाहिर गयो। खेलको ७३ औंँ मिनेटमा ललितपुरकै कमल श्रेष्ठले हानेको बल गोल पोष्टमा पस्न सकेन।

ललितपुरले प्रतियोगितामा पाँच खेलमा ६ अंक जोडेको छ । बुटवलले पाँच खेलमा पाँच अंक बनाएको छ।

अर्को खेलमा काठमाडौंँ रेजर्सका लागि विदेशी मेसुकेले ह्याट्रिक गरे। जारी प्रतियोगितामा ह्याट्रिक गर्ने उन पहिलो खेलाडी बने। विराटनगरले खेलको छैटौंँ मिनेटमा नै पहिलो गोल गरेको थियो। उक्त गोल विदेशी  एडिलाजाले गरे। खेलको २५ औंँ मिनेटमा सुनिल बलको प्रहार काठमाडौंँका गोलकिपर विकेश कुथुले बचाए। खेलको ३४ औं मिनेटमा विराटनगरका लागि विदेशी पेड्रो माञ्जीले गोल गरे। खेलको ३५ औंँ मिनेटमा काठमाडौंँका लागि विदेशी मेसुकेले पहिलो गोल गरे। लगत्तै उनले नै दोस्रो गोल गरे। खेलको ४१ औंँ मिनेटमा काठमाडौंँका लागि स्टेफेन विनोङले तेस्रो गोल गरे।

मध्यान्तरपछिको खेलमा काठमाडौँका लागि ६७ औंँ मिनेटमा मेसुकेले व्यक्तिगत तेस्रो गोल गरे। खेलको ७९ औं मिनेटमा विराटनगरका लागि रजिन धिमालले गोल गरे। यस्तै खेलको ८२ औंँ मिनेटमा काठमाडौंँका लागि छिरिङ गुरुङले पाँचौँ गोल गरे। खेलको इञ्जुरी समयमा  माञ्जीले व्यक्तिगत दोस्रो गोल गर्दै विराटनगरलाई ५–४ गोलको अवस्थामा पु¥याए। जीतसँगै काठमाडौंँ पाँच खेलमा १० अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.