|

मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा ट्रक र बस आपसमा ठोक्किँदा १८ जना घाइते भएका छन्।

हेटौंडाबाट चितवनतर्फ गई रहेको ना ५ ख ४१४६ नम्बरको ट्रक र हेटौंडा हुँदै गौर जाँदै रेको ना ७ ख ९१४० नम्बरको बस आपसमा ठोक्किएका हुन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ।

घाइतेहरुको अहिले हेटौंडाको चुरेहिल र सहकारी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.