|

काठमाडौं : नेकपा एमालेले बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको एमाले स्थायी कमिटीको बैठकले  बादललाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले पार्टी कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादललाई नै एमालेले राष्ट्रियसभा उप निर्वाचनमा उम्मेदवार बनाएको हो। पहिले पनि थापाले नै चुनाव जितेको सिटमा फेरि पनि उनलाई नै उम्मेदवार बनाएको तामाङले बताए। 

एमालेलाई एकढिक्का बनाएर लैजाने दुवै समूहका नेताहरु छलफलमा जुटेका छन्। ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताहरुबीच पार्टी एकताका विषयमा हिजो विभिन्न चरणमा छलफल भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.