|

काठमाडौं : एनसेलले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ। प्रत्येक रिचार्जमा बोनस, डाटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु, र एनसेल सापटीमा विभिन्न थप सुविधाका राहत अफर ल्याएको हो।

कोरोना महामारी रोगबाट बच्न घरघरमा बसेका ग्राहकहरुलाई आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपतकालीन अवस्थामा आवश्यक सहयोग लिनका लागि उक्त अफरले सहयोग गर्ने एनसेलले लिएको छ।

एनसेलले ५० देखि ९९ रुपैयाँको रिचार्जमा ५० एमबी बोनस डाटा दिएको छ। त्यसैगरी १०० देखि १९९, २०० देखि २९९ र ३०० देखि ४९९ रुपैयाँसम्म रिचार्जमा ग्राहकले क्रमशः १००, २०० र ३०० एमबी डाटा बोनसको रुपमा प्राप्त गर्दछन्। ५०० देखि ९९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डाटा तथा र १००० वा त्यसभन्दा बढी रुपैयाँको रिचार्जमा १००० एमबी डाटा बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ।

यस्तै, वैशाख २१ देखि सञ्चालनमा आएको ३० दिने डाटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डाटा बोनस स्वरुप प्राप्त गर्दछन्। ग्राहकले करसहित २४९ रुपैयाँमा ३ दशमलब ५ जीबी डाटा लिन सक्छन्। त्यति नै डाटा भोल्युम बोनस अर्थात् कुल ७ जीबी डाटा प्राप्त गर्नेछन्। त्यसैगरी करसहित ३९९ रुपैयाँमा ६ जीबी डाटा लिने ग्राहकले थप ६ जीबी बोनस डाटा पाउने गरी कुल १२ जीबी, रु ४९९ मा १० जीबी डाटा खरिद गर्नेले कुल २० जीबीे डाटा पाउँछन् । 

वर्क फ्रम होम अफरः यस विपद्को घडीमा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डाटा प्याक ल्याएको छ । दैनिक डाटा प्याकमा ग्राहकले कर सहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डाटा प्राप्त गर्छन र त्यस डाटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ ।

साथै ग्राहकले १५० एमबी अल टाइम डाटा पनि प्राप्त गर्ने एनसेलले जनाएको छ । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १२७ रुपैयाँमा १४ जीबी एप डाटा तथा ३ जीबी अल टाइम डाटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन् । प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान् डाटा शुल्क लाग्ने एनसेलले जनाएको छ। 

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनसः निषेधाज्ञाको समयमा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्ने एनसेलले जनाएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.