|

पाल्पा : जिल्लाको सदरमुकाम तानसेनमा निशान भगवती मन्दिर निर्माण गरिएको छ। बिहीबार प्रधान सेनापति पूर्णचन्द्र थापाले एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। स्वास्थ्य मापदण्डको पालना गरेर मन्दिरको उद्घाटन गरिएको हो। उनी हेलिकप्टरमार्फत तानसेन आइपुगेका थिए।

करिब १ करोडको लगानीमा  मन्दिरमा निर्माण भएको मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमसेन कार्कीले बताए। गोरखदल गण तानसेनको नेतृत्वमा मध्यम पश्चिम पृतना माताहतका सबै नेपाली सेनाका २३ वटा युनीट र केही पाल्पाका स्थानीय तहले समेत आर्थिक सहयोग गरेका थिए। निशान मन्दिर निर्माणमा ५१ प्रतिशत स्थानिय दाताले सहयोग गरेका उनले बताए।

पाल्पा दरबार परिसरमा निर्माण भएको मन्दिर दुई तलाको छ। जहाँ आकर्षक बगैंचासमेत निर्माण गरिएको छ। नेपाली सेनाले मन्दिरको रेखदेख गर्नेछ।

सर्वसाधारणले समेत यो मन्दिरको सहजै अवलोकन गर्न पाउने छन्। यस मन्दिरले पाल्पाको पर्यटनलाई थप टेवा पु¥याउने प्रधानसेनापति थापाले बताए। यहाँ सामान्य नागरिक, आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने उनले बताए।

मन्दिर परिसरमा निर्माण भएको बगैंचामा विशेष गरी बालबालिका र वृद्धवृद्धा घुमफिर गरेर आनन्द लिने छन्। यस्तै मन्दिर परिसरमा पाल्पाली करुवाबाट पानी खन्याइरहेको दृष्य, प्रेमको प्रतिक रानीमहल, संघीय नेपालको नयाँ नक्सा, पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङ्खलाका दृश्य, पाल्पाली ढाका अंकित चित्र, शुद्ध पिउने पानि र आर्कषक दुबोको बगैंचा रहेका छन्।

यस मन्दिरले नेपाली सेना र सर्वसाधारण नागरिकबीचको सम्बन्ध नजिक बनाउने अध्यक्ष कार्कीले बताए।

यसैबीच, सेना दिवस २०७७ मा प्रदान गरिएको प्रधानसेनापति प्रशंसा निशानी चिन्हले अध्यक्ष भीमसेन कार्की र कोषाध्यक्ष भुगोल प्रसाद बैजु श्रेष्ठलाई सम्मान गरिएको छ ।

निशानको उद्घाटन कार्यक्रममा नेपाली सेनाका उच्च पदस्थ अधिकारी, तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदय, दाताहरु र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.