|

अण्डरवर्ल्ड डन भनेर चिनिने भारतीय कुख्यात गुण्डा नाइके छोटा राजनको मृत्यु हल्लामात्रै भएको पुष्टि भएको छ। 

सामाजिक संजालमा उनको मृत्युको हल्ला चलेसँगै धेरै संचारमाध्यमले समाचार बनाएका थिए। तिहाड जेलमा रहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि एम्स अस्पताल लगिएको थियो।

अहिले उनी त्यहिँ उपचार गराइरहेका छन्। छोटा राजनमाथि अपहरण र हत्यासम्बन्धी ७० भन्दा धेरै मुद्दा दर्ता छ। उनलाई मुम्बईका वरिष्ठ पत्रकार ज्योतिर्मय डे को हत्यामा दोषी करार गर्दै जेल सजाय सुनाइएको थियो।

एम्स अस्पतालका जनसम्पर्क अधिकारी बीएन आचार्यले छोटा रानजनको मृत्यु नभएको बताएका छन्। बीबीसीसँगको कुराकानीमा उनले छोटा राजनको उपचार भइरहेको र मृत्यु भएको भन्ने खबर हल्लामात्रै भएको बताएका छन्।

अल इण्डिया रेडियोले ट्वीट गर्दै कोरोनाका कारण छोटा राजनको मृत्यु भएको लेखेपछि विश्वभर यो समाचार फैलिएको थियो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.