|

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न प्रचण्ड अहिले साँझ ६ बजे देउवा निवास बूढानीलकण्ठ पुगेका थिए। देउवा र दाहालबीच करिब आधा घण्टा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

दुई नेताबीच प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने तथा उपनिर्वाचनमा पनि ओली पक्षका उम्मेदवारलाई मत नदिने  विषयमा छलफल भएकाे उनले जानकारी दिए।

पछिल्लो समय प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ। प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन्।

यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बूढानीलकण्ठ पुगेर देउवालाई भेटेका थिए। यस्तै प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पनि अस्ति बूढानीलकण्ठ पुगेर देउवासँग छलफल गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.