|

काठमाडौं : आज मुलुकका विभिन्न भेगमा मौसम बदली र केही स्थानमा हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बिहान देशको पहाडी भू–भागका केही स्थान र प्रदेश १ को तराईमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भाग सामानयतया सफा छ।

दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। साथै‚ केही स्थानमा मेघगर्जन‚ चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार राति प्रदेश १, प्रदेश २ र बाँकी प्रदेशहरुका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १ का केही तथा बाँकी पहाडी भेगका थोरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.