|

गुल्मी : कोरोना संक्रमितको दर बढ्दै गएपछि गुल्मीमा कोरोना परीक्षण गर्ने एन्टिजेन किट अभाव भएको छ। लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको दुई हजार थान किट सकिन लागेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

प्रदेश सरकारले तम्घास अस्पताल र स्वास्थ्य कार्यालयको लागि उपलब्ध गराएको किट स्थानीय तहहरुलाई पनि वितरण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए। हालकै अवस्था कायम रहिरहे किट दूई दिनमा सकिने उनको भनाइ छ। स्थानीय तहहरुलाई आवश्यक किट आफैँ खरिद गर्न पत्राचार गरिसकेको शर्माको बताए।

प्रमुख शर्माले प्रदेश सरकारसँग किट माग गरे पनि आउने कुनै निश्चित नभएको बताए। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पनि स्थानीय तहले आफैँ किट खरिद गर्नुपर्ने र संयोजन स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताइन्। तम्घास अस्पतालको सन्दर्भमा नगरपालिकाले खरिद गर्नुपर्ने शर्माको भनाइ छ।

गुल्मीमा दोस्रो लहरको कोरोना संक्रमणका सुरु भए यता संक्रिय संकमितको संख्या ४७६ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। २३ जनाले कोरोनामुक्त भएको छन्। संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.