|

दाङ : दाङमा निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ। शुक्रवार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना माहामारीको संक्रमण दर अझै तीव्र गतिमा फैलिरहेको भन्दै जारी लकडाउनलाई जेठ १ गते बेलुका ६ बजेसम्म थप गरेको हो।

यसअघि वैशाख १७ गते बिहान ६ बजेदेखि वैशाख २५ गते बेलुका ६ बजेसम्म  निषेधाज्ञा लगाइएको थियो। लकडाउन थपिएपछि बैंकहरु साताको दुई दिन पालोअनुसार दुई घण्टा मात्र खुला गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए। बैंक बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला रहने छ।

निषेधाज्ञाको अवधिमा विकास निर्माणका सामग्री ढुवानीका लागि बेलुका ६ देखि राति ९ बजेसम्म र अत्यावश्यक वस्तु खरिद बिक्री एवं ढुवानीका  लागि बिहान ७ देखि ८ बजेसम्म खुला गर्ने निर्णय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.