|

सल्यान : जिल्ला अस्पताल सल्यानको एम्बुलेन्स मर्मत नहुँदा दुई वर्षदेखि अस्पताल परिसरमै थन्किएको छ। जसका कारण अस्पताल एम्बुलेन्सविहीन भएको छ।

एम्बुलेन्स नहुँदा बिरामीहरुले सास्ती भोग्दै आइरहेका छन्। स्वास्थ्य कार्यालयका व्यवस्थापक दशरथ श्रेष्ठले भने पुरानो एम्बुलेन्स मर्मत गर्ने रकमले नयाँ एम्बुलेन्स आउने बताउँछन्। तर, आर्थिक अभावले एम्बुलेन्स खरिद गर्न नसकिएको उनको भनाइ छ।

‘हामीसँग न पुरानो एम्बुलेन्स मर्मत गर्ने पैसा नै छ न नयाँ नै किन्ने,’ श्रेष्ठले भने, ‘प्रदेश सरकारलाई एम्बेन्सको व्यवस्था गरिदिन आग्रह गरेका छौं।’

अस्पताललको आफ्नै एम्बुलेन्स नहुँदा स्थानीय तहहरुसँग समन्वय गर्नुपर्ने बाध्यता रहेको श्रेष्ठको भनाइ छ। उनले कोरोना संक्रमण दर बढ्दै जाँदा थप समस्या भइरहेको बताए। संक्रमितहरुलाई रिफर गरेर पठाउन स्थानीय तहहरुसँग समन्वय गर्नुपरेको बताए।

जिल्ला अस्पताल सल्यानमा एम्बुलेन्स नभएपछि जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहहरुमा रहेका एम्बुलेन्सलाई बारअनुसार अस्पतालमा उपलब्ध गराउँदै आइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले जानकारी बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.