|

चितवन : जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन्।

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। 

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन्।

बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतमा पनि चिकित्सक र स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको उनले जानकारी दिइन्‌। 

उनका अनुसार सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले आइसोलेसनमा रहेका छन्। उनीहरु मध्ये कतिपय सन्चो भएर घर फर्की सकेका छन्।

कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुख समेतलाई सङ्क्रमण देखिएको छ। जिल्लामा वैशाखमा मात्रै दुई हजार ८० जनामा सङ्क्रमण देखिएको छ, जसमध्ये १७ जनाको मृत्यु भई सकेको कार्यालयको तथ्यांकमा उल्लेख छ।

जिल्लामा हाल औषत दैनिक सात जना सङ्क्रमितको मृत्यु भएको छ। तीमध्ये अधिकांश बाहिरी जिल्लाका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.