|

म्याग्दी : मुस्ताङ र मौसमबीच अनौठो सम्बन्ध छ। अरू ठाउँमा दर्के झरी पर्दा यहाँ न्यानो घाम लागिरहेको हुन्छ भने अन्यत्र दिन उज्यालिँदा यहाँ कहिले हिउँ त कहिले कुहिरोले डाँडापाखा ढाकिरहेको हुन्छ।

 

त्यसैले त भनिन्छ-विविधताभित्र विचित्रक सुन्दर ठाउँ हो मुस्ताङ।

मुस्ताङको विविधतामय सुन्दरता अवलोकन गर्न सयौं पर्यटकहरू आउने समय हो यो। तर, विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अहिले मुस्ताङ सुनसान छ।

तर, पर्यटक नआउँदैमा प्रकृतिले यहाँको भूगोललाई सिँगार्न किन कञ्जुस्याइँ गर्दो हो र!

मुस्ताङमा सडक कालोपत्रे गर्न खटिएका इञ्‍जिनियर सचिन शर्माले दिएको जानकारी अनुसार यतिखेर मुस्ताङ सिमसिम पानी पर्ने, बादलले डाँडापाखा ढाक्ने, उत्निखेरै छ्याङ्ग उघ्रिने र झलमल्ल घाम लाग्ने विचित्रक मौसममा लुकामारी खेलिरहेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.