|

स्याङ्जा : पुतलीबजार नगरपालिकाले पालिकाभित्र रहेका कोरोना संक्रमितलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि वितरण सुरु गरेको छ। नगरपालिकाले जिल्ला सरदमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदिक स्वास्थ्य कार्यालयको सहकार्यमा औषधि वितरण गरेको हो।

पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरियन्टको कोरोना समाज मै फैलिरहेको र कोरोनालाई न्यूनीकरण गर्न आयुर्वेदिक औषधि वितरण गरिएको बताइन्। उनले भनिन्,  ‘कोरोनाको औषधि पत्ता लागेको छैन, आयुर्वेदिक औषधिले कुनै असर पनि गर्दैन र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। ‘नगरप्रमुख क्षेत्रीले पालिकामा हालसम्म २९ जना कोरोना संङ्क्रमित रहेको बताउँदै सबै कोरोना संङक्रमित बिरामीहरूकहाँ पुर्‍याउने जानकारी दिइन्।

बिरामीहरूलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३  बाट आयुर्वेदिक औषधि दिन सुरु गरिएको १३ का वडा अध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रवक्ता ख्यामनारायण अधिकारीले जानकारी दिए।

अधिकारीले औषधि वितरणले बिरामीहरुको मनोबल उच्च भएको बताए। साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरूले संक्रमितको घरघरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन्।

पुतलीबजारमा दोस्रो चरणको भेरियन्ट कोरोनाबाट २९ जना बिरामी परेका छन्। कोरोना संक्रमितहरु होम आइसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ।

बिरामी भएकाहरूलाई सुरक्षित राख्न पालिकाले करेण्डाँडा स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसन निर्माण गरेको छ। यस्तै, गणेशपुर स्वास्थ्य चौकीमा २० बेडको आइसोलेसनको निर्माण अन्तिम चरणमा पुगेको बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.