|

काठमाडाैं : ला लिगाअन्तर्गत आज राति दुई ठूला क्लब प्रतिस्पर्धा गर्दैछन्। राति ८ बजे बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग खेल्दै छ। 

लिगको तेस्रो स्थानमा रहेको बार्सिलोना आजको खेलमा जित निकाल्न चाहन्छ भने एट्लेटिको शीर्ष स्थानमा बलियो अंकसहित रहन चाहन्छ। आजको खेल लिगमा दुवैका ३५ औं हुनेछन्। आज खेलमा बार्सिलोनाले हार बेहोरे लिग उचाल्न निकै कठिन हुनेछ। पछिल्लो पाँचमा २ खेलमा हार बेहोरेको क्याटल्यान क्लब आज घरेलु मैदानमा कुनै पनि हालतमा जित निकाल्न चाहन्छ। लिगमा बार्सिलोनाले एट्लेटिकोसँग उसकै मैदानमा एक पटक हार बेहोरिसकेको छ। आजको खेल बार्सिलोनाका लागि बदला लिने अवसर पनि हुनेछ।   

३४ खेलबाट बार्सिलोनासँग ७४ अंक छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको पनि यस्तै अवस्थामा छ। तर उसले हेड टु हेडका आधारमा बार्सिलोनालाई पछि पार्न सफल भएको छ। 

बार्सिलोनालाई लिग उचाल्न आजको खेल निकै महत्वपूर्ण हुनेछ। आजको खेलमा जित निकालेर मात्र उसलाई च्याम्पियन बन्न पर्याप्त हुने छैन। उसले रियलको बाँकी खेल पनि कुर्नुपर्ने हुन्छ। बार्सिलोनाले आज राति एट्लेटिकोलाई हराएर रियलले आफ्ना सबै खेलमा जिते निकाले उसले लिग उचाल्ने पक्कापक्की हुनेछ।

तर रियललाई पनि बाँकी खेल भने सहज छैन। उसले बाँकी खेलमध्ये एकपटक बलियो टोली सेभिल्लासँग खेल्न बाँकी छ। त्यस्तै अघिल्लो खेलमा त्यही सेभिल्लालाई हराएर सनसनीपूर्ण जित निकालेको एथ्लेटिको बिल्बाओ पनि रियलका लागि कडा प्रतिद्वन्द्वी देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.