|

डडेल्धुरा : कोरोना संक्रमितको संख्या बढदै गएपछि डडेल्धुरामा निषेधाज्ञा जारी छ। जिल्ला प्रशासन कार्यालयले १९ गतेदेखि जारी निषेधाज्ञा १० दिन थप्दै जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ।

निषेधाज्ञाको कारण डडेल्धुरा सदरमुकाम सुनसान छ। निषेधाज्ञाको समयमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.