|

काठमाडौं : कोरोना संक्रमणबाट नगर प्रमुख र वडा अध्यक्षको निधन भएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख ओमबहादुर बुढा र बाजुराको बडिमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोद कुमार विकको निधन भएको हो। दुबै जनाको शनिबार निधन भएको हो। 

बुढाको आज (शनिबार) नर्भिक अस्पताल काठमाडौंमा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरीले पुष्टि गरे। 

बुढा लामो समयदेखि सुगर र प्रेसरको बिरामी रहेको बुझिएको छ। बुढा उपचारकै लागि गत चैतदेखि काठमाडौंमा थिए। यस्तै वडा अध्यक्ष विकको शनिबार बेलुकी अछामको साँफेबगरमा निधन भएको बुझिएको छ।

उपचारका लागि डडेलधुरा अस्पताल लैजाँदै गर्दा विकको बाटैमा मृत्यु भएको जिल्ला अस्पताल बाजुराका कोरोना फेकल पर्सन चूणामणि पन्तले जानकारी दिए। विक आजै जिल्ला अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि डडेलधुरा रेफर गरिएको थियो।

जिल्ला अस्पताल बाजुरामा भेन्टिलेटर भएपनि जनशक्ति अभावमा प्रयोग बिहिन छन। विकको फोक्सोमा समस्या रहेको बुझिएको छ। दुबै जना नेकपा एमालेबाट निर्वाचित हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.