|

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करणको तेस्रो दिन चलचित्र निर्माता एवं निर्देशक प्रताप सुब्बाले चलचित्र क्षेत्रका अनुभव सुनाए।

परालको आगो, बाँच्न चाहने जस्ता चलेका चलचित्रको निर्माण गरेका सुब्बाले त्यस समयको चलचित्र जगत्को दुःख सुनाए। आफूले त्यस बेलामा सीमित श्रमशक्ति, पूँजी, प्रविधिका अभावका बीचमा पनि धेरै कलाकारको विकास गर्न सफल भएको उनले बताए।

चलचित्र जगतबाट पैसा कमाउनुभन्दा पनि विकास र विस्तार गर्ने नै मुख्य उद्देश्य रहेको बताए। पहिले चलचित्रबीच स्वस्थ प्रतिस्पर्धा भएको र राम्रा चलचित्र निर्माण गरिए पनि अचेल अस्वस्थ प्रतिस्पर्धा भई अनावश्यक राजनैतिक हस्तक्षेप हुने गरेको सुब्बाको भनाइ छ।

त्यस बेला नेपाली समाजका मौलिक चलचित्र निर्माण हुने गरेकामा आजकाल विकृति आएकामा उनले चिन्ता व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.