|

काठमाडौं : भारतमा एकैदिन चार लाख भन्दा धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक ४ लाख ९ हजार ३०० संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९ सय ११ पुगेको छ। यस्तै पछिल्लो २४ घन्टामा भारतमा ४१ सय संक्रमितको मृत्यु हुँदा कूल मृतकको संख्या २ लाख ४२ हजार नाघेको छ। 

अमेरिकामा ३३ हजार ८ सय, ब्राजिलमा ६३ हजार, फ्रान्समा साढे २० हजार र टर्कीमा १८ हजार संक्रमित थपिएका छन्। यस्तै ब्राजिलमा २ हजार, अमेरिकामा ६४०, टर्कीमा २८१ र रुसमा ३७० जनाको मृत्यु भएको ओल्डोमिटरले जनाएको छ। 

योसहित विश्वभर हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ लाख ९५ हजार ९ सय नाघेको छ। केहि दिनयता भारत र ब्राजिलबाहेक अन्य देशमा संक्रमित र मृतकको संख्या कम हुँदै गएको छ। विश्वभर हालसम्म १५ करोड ८२ लाख ९८ हजार ८ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या १ करोड ८४ लाख २५ हजार रहेको ओल्डोमिटरले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.