|

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानहरुमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

पश्चिमी न्यून चापीय प्रणाली तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाका कारण मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ।

आइतबार बिहान प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भाग आंशिक बदली  रहेको छ। दिउँसो  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाइएको छ। साथै,  देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ। साथै, उक्त प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.