|

काठमाडौं : नेकपा एमालेको खनाल नेपाल समूहका नेताहरुले राजीनामा दिने वा नदिने भन्ने बारेमा मतभेद भएको छ। 

गएराति प्रधानमन्त्री ओलीलाई दबाब दिनका लागि राजीनामा दिने निष्कर्षमा पुगेको यो समूहका केही नेता भने राजीनामा नदिने पक्षमा देखिएका छन्। खनाल नेपाल समूहका माधव कुमार नेपाल, भीम रावल लगायतका केही नेता राजीनामा दिने पक्षमा रहेका छन् भने सुरेन्द्र पाण्डेले भने राजीनामा नदिने बताउँदै आएका छन्।

यही विषयमा छलफल गर्न यो समूहले स्थायी कमिटी बैठक बोलाएको छ। जुमबाट बैठक बस्ने भन्दै एमाले नेता युवराज ज्ञवालीले समय भने टुंगो लागिनसकेको बताएका छन्। 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बाध्य पारेको भन्दै राजीनामा पत्रमा हस्ताक्षर गरेको सत्तारुढ नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरुले अझै पनि एकताका लागि प्रयास गर्न सकिने बताएका छन्।

दिउँसोसम्म राजीनामा पत्र बुझाउने तयारी गरेको यो समूहले संवादका लागि ओलीले ढोका नखोले पार्टी फुटको जिम्मासमेत उनैले लिनुपर्ने ठानेका छन्।

‘आज दिनभरिमा प्रयास गरौं, असम्भव केही छैन। यदि, त्यसो भएन भने पार्टी फुट र हाम्रो राजीनामाको कारक केपी ओली हुनेछन्,’ उक्त समूहका एक सांसदले भने।

आज दिउँसोसम्म कुनै प्रगति नभए राजीनामा बुझाउने मुडमा पुगिसकेको यो समूहले त्यसअघि नै आफ्ना सांसहरुसँग छलफल गर्दैछ। दिउँसो ३ बजे सिंहदरवार आसपास र त्यसअघि भर्चुअल माध्यमबाट छलफल गर्ने तय भएको उक्त समूहका एक नेताले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.