|

डा. तीर्थराज भण्डारी

केही हप्ताअघि लेखक तथा पत्रकार विजय कुमारबाट लिखित ‘सम्बन्धहरू’ किताब पढेको थिएँ। मलाई उनको लेख्‍ने शैली मन पर्छ। सायदै कमै मनिसले त्यसरी निर्धक्क केही भन्न सक्छ, किताबको मध्यमबाट। उनको कठोरता व्यक्त गर्ने शैलीबाहेक अरू शैली निकै छुन्छ।

हुनत म आफू पनि खासै उत्कृष्ट मान्छे त होइन, मेरो जीवनमा पनि कुनै पनि सम्बन्ध खासै स्थिर हुन सकेन। बुवाआमासँग बाहेक त्यसमा पनि विशेष गरी आमासँगको तुलनात्मक रूपमा केही घरका सदस्य, साथी र गुरुसँग पनि सुरुवाती दिनदेखि आजसम्म पनि स्थिर नै छन्।

आजभोलि सम्बन्ध भन्नेबित्तिकै एउटा पाटो मात्रै बुझ्ने चलन छ। सायद सामाजिक सञ्जाल फेसबुकले ‘रिलेसनसिप स्टाटस’ भर्न अनिवार्य जस्तै गरेर होला। 

सबै चिज मूल्यमन्यता मात्रैले चल्दैन। केही कुरामा चिरेर अघि बढ्नुपर्छ असल नियतले मन्यता त समाजलाई सन्तुलित बनाउनकै लागि कायम गरिएको हो। मेरो विचारमा हर कोही व्यक्ति वा वस्तु स्वार्थी नै हुन्छ। फरक त्यति हो। उसको स्वार्थले अर्को व्यक्ति, समाज, देश, विश्वलाई असर गर्छ कि गर्दैन भन्ने हो। कुनै पनि स्वार्थ जायज हुन्छन्, जब जसको असर अरूमा नकरात्मक नहोस्।

आखिर यो संसार त्यस्तो कुनै चिज नहोला। सजीव वा निर्जीव जसको सम्बन्ध एकएर्कासँग नभएको होस्। केही वस्तु वा व्यक्ति  धेरै सम्बन्ध बनाउन सक्छ। केहीले कममै रमाएर बस्न सक्छ। कुनै पनि सम्बन्ध कुनै न कुनै शक्ति (आकर्षण, लोभ, जिम्वेवारी आदी) बाट प्रेरित हुन्छन्। जीवनको सबै आयमले सम्बन्धहरु बनाउन खोज्छ सकेसम्म, कुनैमा सफल हुन्छ त कुनैमा असफल।

सायदै यो संसारमा त्यस्तो कुनै चिज होला। जुन शतक प्रतिशत शुद्ध भएर बनेको उत्पत्ति भएको होस् चाहे सुन, हिरा, मोती किन नहोस्। हामीले अरूबाट सय प्रतिशतत आफ्नोअनुकूल मात्रै खोज्नु मूर्खता मात्रै हो।

कुनै पनि सम्बध एकै चिजले मात्रै धान्न सक्दैन। यदि त्यस्तो हुन्थ्यो भने संसारकै धनी व्यक्तिहरुले जीवनमा किन विछोड गर्थे होलान् र? हामीले एउटा कुरा बुझ्ने जरुरी छ। जीवन मिश्रित बहुआयमिक छ। एउटा आयमबाट मात्रै हेर्न, सोच्न थालियो भने पछुताउनुबाहेक केही हुन्न। सानो उदारहण हेरौँ, एउटा दुबो झार त भौतिक, रसायनिक विविध सम्बन्धले माटोसँग जोडिएको हुन्छ।

मानिस त सबैभन्दा ‘कम्प्लेक्स’ बस्तु हो। जो सजिलै एकै मात्रै चिजले सम्धन्ध राख्न सक्दैन, राखे पनि क्षणिक रहन्छ।

सबै व्यक्तिको सबै आयमको घनत्व बराबर पनि हुन्न। भलै आयम संख्या बराबर रहे पनि। पारिवारिकबाहेकका धेरै जस्तो सम्बन्ध स्वार्थबाट सुरु हुन्छन्।

त्यहीँ भएर होला आजभोलि एउटा भनाइ निकै चल्छ, ‘फेमिली  इज फर्स्ट’। फरक त्यति हो, पारिवारिक सम्बन्ध शून्य प्रभावबाट सुरु हुन्छ। तर, यो टिक्न पनि केही हदसम्म स्वार्थ मिल्नु नै पर्छ। स्वार्थ भन्नेबित्तिकै नकरात्मक रुपमा सोच्ने चलन छ। किनकि हाम्रो समाजमा केही आफ्नै विश्लेषक छन्। जसमा धेरैजसो मनिस रुमल्लिन्छन्, केही हदसम्म आवश्यक पनि छ।

सबै चिज मूल्यमन्यता मात्रैले चल्दैन। केही कुरामा चिरेर अघि बढ्नुपर्छ असल नियतले मन्यता त समाजलाई सन्तुलित बनाउनकै लागि कायम गरिएको हो। मेरो विचारमा हर कोही व्यक्ति वा वस्तु स्वार्थी नै हुन्छ। फरक त्यति हो। उसको स्वार्थले अर्को व्यक्ति, समाज, देश, विश्वलाई असर गर्छ कि गर्दैन भन्ने हो। कुनै पनि स्वार्थ जायज हुन्छन्, जब जसको असर अरूमा नकरात्मक नहोस्।

के सबै सम्बन्धले सकरात्मक प्रकारले मात्रै टिक्छ त? त्यस्तो पनि होइन कुनै सम्बन्ध पछिसम्म सोचेर बनाइन्छ त कुनै तत्कालको आवश्यकता हेरेर। साधारणतया दीर्घकलीन रूपले जोडिएका वा दीर्घकलीन सोचले बनाइएका वा भएका सम्बन्धमा केही नकरात्मक कुरा सहेर पनि टिकाउँछन्।

पछिलाई केही काम लाग्ला वा पछि उसमा परिवर्तन आउला भनेर होला। त्यही भएर होला पारिवारिक सम्बन्धमा केही तीक्तता भए पनि परिवार भित्रै बुझेको मान्छेले दुश्मन बनाउँदैन। किनकि मानव सव्यता पारिवारिक हो आजसम्म भोलि केही सय वर्षमा के होला भन्न सकिन्न।

ओशोले भनेका छन्, ‘पारिवारिक सोच अबको केही वर्ष मा समाप्त हुन्छ’ मलाई चाहिँ खासै त्यसमा विश्वास लाग्दैन। किनकि कुनै पनि चिज त्यति सजिलै पूर्ण रूपमा यो संसारबाट हराएर जान्न। त्यसमा मानिस त केही हदसम्म सामाजिक प्राणी हो। त्यसैले परिवारको महत्व धेरै पछिसम्म पनि रहनेछ।

दीर्घकलीन सम्बन्धमा विशेष गरी आफ्नो अस्तित्व , कर्तव्य, कमजोरी, सबलता आदि सबै कुरामा हिसाबकिताब मिले मात्रै टिक्छन्। जीवनमा कतिपए सम्बन्ध आफैं सुरु हुन्छन्। आफैं अन्त्य हुन्छन्। यसले पनि खासै फरक पार्दैन। अंग्रेजीमा एउटा भनाइ छ, either you will succeed  or you will learn यो जीवनको हर कुनै आयममा लागू हुन्छ।

कुनै कुनै सम्बन्ध चाहिँ विशेष खाले पनि हुन्छन् हरकोहीको जीवनमा जो सँगसँगै नबसे पनि खासै भेट नभए पनि सधैं राम्रो रहन्छ। सम्पर्क कम हुनु भनेको सधैं टाडिनु पनि होइन। मेरा केही एमबिबिएस पढ्दाका केही साथी गुरु नभेटेको कुरा नभएको धेरै भयो। जबकि म अक्सर सम्झिन्छु सबै सद्भाव र सम्मान  चाहिँ उत्तिकै छ। जुन त्यसपछिका साथीहरु सबैमा छैन। समय धेरै भेट्दैमा नजिक हुँदैमा सबै सम्बन्ध घनिष्ट हुँदैनन्

कुनै पनि सम्बध सधैं टिक्नुपर्छ भन्ने पनि छैन, जीवनले मानिसमा हर कोहीबिना बाँच्न सिकाउँछ। केहीमा कठिनाइ ल्याउँला केही समयलाई। त्यो पनि आफ्नो सोच र सम्झनालाई कसरी चलाउँछ भन्नेमा भर पर्छ।

आजभोलि एउटा नयाँ मन्यता विकास हुँदैछ। भलै त्यो राम्रो होइन, memory is toxic. यो त आफूलाई कत्तिको व्यक्तित्व विकासमा खार्चियो भन्नेमा भर पर्छ। पारिवारिक बाहेक अन्य सम्बन्ध छुट्नुले जीवनमा खासै फरक पर्दैन। त्यति हो अरुलाई असर नगरी अप्ठ्यारोमा नपारी गर्नुहोस्।

एमबिबिएस पढ्दै गर्दा एउटा मिल्ने साथीले भनेको सम्झन्छु, अहिले पनि हास्छु, उनले भनेका थिए, ‘तिमीसँग साथी बन्न त खासै गाह्रो छैन तर, साथी त हर कोही बनिरहन सक्दैन।’ यसमा पूर्ण सत्यता छ। म खासै साथी बनाउँदिनँ। बनेका पनि सबैलाई टिकाउनुपर्छ भन्ने मन्यता राख्दिनँ। किनकि मैले अहिलेसम्म खासै अरूबाट फाइदाको लागि मात्रै साथी बनाइनँ त्यसैले आफूलाई अप्ठ्यारो लागेसी केहीलाई सँगै हुँदा छोडे त केहीलाई टाढिएपछि।

कुनै कुनै सम्बन्ध चाहिँ विशेष खाले पनि हुन्छन् हरकोहीको जीवनमा जो सँगसँगै नबसे पनि खासै भेट नभए पनि सधैं राम्रो रहन्छ। सम्पर्क कम हुनु भनेको सधैं टाडिनु पनि होइन। मेरा केही एमबिबिएस पढ्दाका केही साथी गुरु नभेटेको कुरा नभएको धेरै भयो। जबकि म अक्सर सम्झिन्छु सबै सद्भाव र सम्मान  चाहिँ उत्तिकै छ। जुन त्यसपछिका साथीहरु सबैमा छैन। समय धेरै भेट्दैमा नजिक हुँदैमा सबै सम्बन्ध घनिष्ट हुँदैनन्

कुनै पनि सम्बन्धले केही न केही सम्झना अवश्य दिन्छ। त्यसलाई सकरात्मक ऊर्जामा परिणत गर्न सकियो भने जीवन तुलनात्मक रुपमा खुसी भएर बाँच्न सकिन्छ। आखिर कुनै न कुनै सम्बन्धबाट हर कोही जोडिएकै हुन्छ। त्यसबाट भागेर पनि आजको संसारमा अघि बढ्न सकिन्नँ।

 

अन्त्यमा, एउटा सानो कविता

आफैँमा हराउने गर्छु

एक्लै बस्दा आफैंमा हराउने गर्छु म

संसारमा केही नटिक्ने रहेछ भनी सोच्छु म

हिजो मलाई मन परेको ठाउँहरु, आज मलाई मन पर्न छाडेका छन्

हिजो मन नपरेका ठाउँहरु, आज मन पर्न थालेका छन्।

 

हिजो मन परेका चिजहरु, आज मन पर्न छाडेका छन्

हिजो मन नपरेका चिज, आज मन पर्न थालेका छन्।

हिजो मन परेका कामहरु, आज मन पर्न छाडेका छन्

हिजो मन नपरेका कामहरु, आज मन पर्न थालेका छन्।

 

हिजो सफल देखिएका मानिसहरु, आज असफल देखिएका छन्

हिजो अप्ठेरोमा परेका मानिसहरु, आज सफल देखिएका छन्।

हिजो मलाई बोल्न अप्ठ्यारो लाग्ने मानिसहरु, आज आत्मीय बन्न पुगेका छन्

हिजो मलाई प्यारो लाग्ने मानिसहरु, आज टाढिएका छन्।

 

यो संसारमा केही कुरा पनि सधैं एकै प्रकारले नटिक्ने रहेछ

केही नटिक्ने यो संसारमा, किन घमण्ढ गर्ने रहेछ मनिस।

एक्लै बस्दा आफैंमा हराउने गर्छु म

संसारमा केही नटिक्ने रहेछ भनी सोच्छु म।।

(डा.भण्डारी डडेल्धुरा अस्पतालका एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.