|

काठमाडौं : अमेरिकामा मेरिल्याण्डमा गोली प्रहार तथा आगजनीमा परेर एक नेपालीको मृत्यु भएको छ भने अर्का  एक नेपाली घाइते भएका छन्। 

मृत्यु भएका नेपाली संखुवासभा खाँदबारीका सागर घिमिरे भएको पुष्टि भएको अमेरिकी समाचार संख्था एनबीसीले जनाएको छ। घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्लिफ्टन विश्वविद्यालयबाट कम्प्युटर साइन्समा स्नातक गरेका थिए। 

शनिबार बिहान बाल्टिमोर काउण्टीको उडलनमा भएको उक्त आगजनी तथा गोली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा नेपाली बाहेक दुई जना स्पेनका नागरिक पनि छन्। घाइते हुने एक नेपाली पनि छन्। उनको परिचय खुलाइएको छैन्।  

उक्त क्षेत्रमा बसोबास गर्दै प्रत्यक्षदर्शीका अनुसार  एका बिहानै घरमा आगजनी भएको देखेको र ठूलो बिस्फोट भएको थियो।  घटनामा संलग्न एक संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।  प्रहरीले घटनाबारेमा अनुसन्धान गरिरहेको जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.