|

काठमाडाैं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८८ जनाको निधन भएको छ। ८८ हजार १ सय ६० सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ८१ हजार ४ सय ३० जना रहेका छन्।

आज जम्मा ८ हजार ८ सय ५० जनामा संक्रमण भएको छ। आज जम्मा १८ हजार ७८७ नमुना संकलन गरी परीक्षण गरिएको थियो।

५ सय ६ जनाको एन्टिजेनबाट परीक्षण गरिएको हो। गत २४ घण्टामा ८ हजार ७ सय ७७ जनामा पिसिआर विधिबाट र एन्टिजेन विधिबाट ७३ जनामा कोरोना पुष्टि भएको छ। 

आज काठमाडाैं उपत्यकामा भक्तपुरमा ५ सय ७ ललितपुरमा ५ सय ३३ र काठमाडाैंमा ३ हजार १ सय ६१ गरी ४ हजार १ सय ९८ जनामा संक्रमित थपिएका छन्। यद्यपि अघिल्लो तथ्यांक जोड्दा आज ८८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.