|

बर्दिया : सशस्त्र प्रहरीको टोलीले बर्दियाको राजापुरबाट स्रोत नखुलेको साढे १७ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

राजापुर नगरपालिका–४ स्थित सतीघाट पुलबाट सशस्त्रको टोलीले १७ लाख ५० हजार भारतीय रुपैयाँसहित कैलालीको टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी छन्।

सु.प.प्र. ०१–००८ प ४१४५ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट राजापुरबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.