|

गोरखा : गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावको पक्षमा भोलि (सोमबार) मतदान हुने कार्यसूची थियो। तर, भर्खरै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका छन्।

अविश्वास प्रस्ताव फेस गर्नुपर्ने समय नजिकिएसँगै मुख्यमन्त्री गुरुङले किन राजीनामा दिए? गण्डकी प्रदेशमा अब नेकपा एमालेको रणनीति के छ? अब कसरी जाने तयारीमा छ एमाले? यसै विषयमा नेकपा एमालेका संसदीय दलका नेता मायानाथ अधिकारीसँग थाहाखबरकर्मी अश्विन दानीले गरेको छोटो कुराकानीको सम्पादित अंश

भोलि मुख्यमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची थियो। गण्डकीमा एमाले नेतृत्वको सरकार रहने या नरहने भोलि छिनोफानो हुन्थ्यो। तर,एक्कासि राजीनामा आयो नि?

राजीनामा दिएपछि अविश्वासको प्रस्तावको विषय छलफलको विषय रहेन अब। अहिलेको सरकार कामचलाउ भयो। प्रदेश प्रमुखले सरकार कामचलाउ भनिसक्नुभयो। अर्काे सरकार नबन्दासम्म काम चलाउन सरकार यही हुन्छ। अब उहाँले मुख्यमन्त्री बनाउने सांसद चुनेर बहुमत सिद्ध गरेर ल्याउ भनिसक्नुभयो। प्रदेश प्रमुखले तोकेको समयमा जुनसुकै पार्टीले लैजान सक्ने हुनुभयो।

अब बहुमत पुर्‍याउन सक्नुहुन्छ? 

अविश्वासको प्रस्ताव थियो, मुख्यमन्त्रीज्यूले राजीनामा दिनुभयो। अब अन्य दलले कसरी अगाडि बढ्न खोज्छन्, त्यसका आधारमा हाम्रो पनि योजना तय हुन्छ।

योजना बनाएर राजीनामा दिनुभएको हैन ?

त्यस्तो योजना केही बनाएका छैनौं।

भोलि विश्वासको मत लिन सक्दिनँ, विपक्षले बहुमत पुर्‍याउँछु भन्ने डरले थप समय लिन मुख्यमन्त्रीज्यूले राजीनामा दिनुभएको हो त?

हैन, हैन। हामी अविश्वासको प्रस्तावदेखि भाग्न खोजेका हैनौं। बहुमत लिन सक्ने भए त विपक्षीलाई कसले रोकेको छ र? बहुमत पुर्‍याएर आए नयाँ सरकार बनाउन सकिहाल्छन् नि। बहुमत पुर्‍याउँछाैं भन्ने उहाँहरुको दाबी छ भने सरकार बनाउन कसले रोक्न सक्छ र?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.