|

दाङ :  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा १० देखि २० मिनेटको फरकमा आइतबार साँझ थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा एक जना दंगीशरण गाउँपालिकाका ६ की ५३ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका ७ की ५८ बर्षीया महिला र घोराही उपमहानगरपालिका-१४ का ५९ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ।

दंगीशरणकी महिलाको साँझ ४ः४० बजे मृत्यु भएको र उनी यही वैशाख २४ गते आइसियुमा भर्ना भएकी थिइन्। त्यस्तै तुलसीपुरकी महिलाको  साँझ ४ः५० मा मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले  जानकारी दिए।

उनी अस्पतालमा यहि वैशाख १९ गते एचडियुमा भर्ना भएकी थिइन्।  त्यसैगरी  घोराहीका पुरुषको साँझ ५ः१० बजे मृत्यु भएको र उनी वैशाख २४ गते अस्पतालमा एचडियुमा भर्ना भएका थिए।

मृतक तीनै जनालाई निमोनिया, श्वास–प्रश्वासको समस्यासँगै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। योसँगै आइतबार मात्रै कोरोना अस्पतालमा ५ जना कोरोना संक्रमतिको मृत्यु भएको छ।

यसरी कोरोना संक्रमणका बिरामी मर्न थालेपछि अस्पतालका वलीले अवस्था झन् पछि झन खतरा पूर्ण रहेको बताए। अवस्था देखेर मन भक्कानिएर आउने गरेको दुखेसो गरे। 

त्यस्तै जिल्लामा आइतबार थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्। जिल्लामा हाल सक्रिय संक्रमित संख्या १ हजार ९ सय १३ रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।

दोस्रो चरणको कोरोना लहर सुरु भएसँगै दाङमा वैशाखयता कुल संक्रमित सख्या ३ हजार १ सय ६८ पुगेको छ। साथै जिल्लामा निको हुनेको संख्या पनि १ हजार २ सय ५५ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.