|

पर्सा : पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएको वीरगन्जको नारायणी अस्पतालको भ्यान्टिलेटरमा गम्भीर थप १० जनाको उपचार भइरहेको छ। अस्पतालमा कुल १२५ सक्रिय संक्रमितले उपचार गराइरहेको नारायणीमा भ्यान्टिलेटरमा मात्र १० जनाको उपचार भइरहेको हो। 

अस्पतालको पछिल्लो अपडेटअनुसार भ्यान्टिलेटरमा ८ पुरुष र २ महिला उपचार गराइरहेका छन्। त्यसै गरी आइसियुमा २० महिला र ५५ पुरुष छन्। अस्पतालको एचडियुमा पनि ३५ पुरुष र १५ महिलाको उपचार भइरहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए।  

पछिल्लो २४ घण्टामा गम्भिर भएर अस्पतालमा भर्ना हुने पनि १४ जना थपिएको अस्पतालले जनाएको छ। 

२४ घण्टाको अन्तरालमा ८ जनाको मृत्यु

नारायणी अस्पतालमा पछिल्लो २४ घण्टामा ७ र तराई अस्पतालमा एक गरी ८ जनाको निधन भएको छ। कोरोना संक्रमित भई अस्पतालमा उपचार गराइरहेका मध्ये पछिल्लो २४ घण्टामा ७ जनाको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवले बताए। 

वीरगन्जको निजी अस्पताल तराई हस्पिटलमा दिउँसो १२ बजे वीरगन्ज १० का ६० वर्षीय पुरुषको निधन भएपछि वीरगन्ज क्षेत्रमा मात्र पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ पुगेको उनको भनाइ छ।

तराई अस्पतालमा ५ दिनदेखि उपचार गराइरहेका ती पुरुषको आइतबार मध्याह्न मृत्यु भएको अस्पतालले जनाएको छ। त्यसैगरी पर्साको विन्दवासीनी-४ का ५५ वर्षीया महिलाको पनि आजै अपराह्न ४ बजेर १० मिनेटमा निधन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.