|

काठमाडौं : एनसेलका ग्राहकले अब युनाइटेड अरब एमिरेट्स (युएई)बाट आउने कलमा हरेक दिन स्मार्टफोन जित्ने मौका पाउनेछन्। यो योजना वैशाख २८ देखि लागु हुने एनसेलले घोषणा गरेको छ। 

इदको अवसरमा ल्याइएको यो योजना सात दिनसम्म सञ्चालन हुनेछ।यस योजना अन्तर्गत युएईबाट धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने ग्राहकले हरेक दिन सामसुङ ग्यालेक्सी–ए २० स्मार्टफोन जित्न सक्नेछन्। 

युएईमा रहेका ‘डू’ मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्टफोन जित्ने मौका पाउनेछन्। 

विषम परिस्थितिमा यो योजनाले एनसेलको नेटवर्कमार्फत सञ्चार सेवामा खर्च नगरी विदेशमा रहेका परिवारका सदस्य तथा साथीभाइसँग सम्पर्कमा रही रहन मद्दत गर्ने कम्पनीको विश्वास छ। 

सात दिनमा सात जना ग्राहकले स्मार्टफोन जित्नेछन्। ग्राहकले उठाएको आगमन कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा स्मार्टफोन विजयी ग्राहकको नाम घोषणा गरिनेछ। विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलयबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गर्ने जनाइएको छ।

स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रूपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन्। यो सेवा १७१२६ डायल गरी निःशुल्क सुरु गर्न सक्छने छन्। 

विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेटे बोनस पाउँछन्। यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ। ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.