|

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकीमा अस्थायी होल्डीङ सेन्टर निर्माण थालिएको छ। भीमदत्त नगरपालिका, निड्स नेपाल र नेपाली सेनाको साझेदारीमा निर्माण गरिएको हो।

भारतबाट फर्कने सर्वसाधरणहरुलाई कोरोना परीक्षण अवधिसम्म राख्न होल्डिङ सेन्टर निर्माण गरिएको हो। सेन्टर निर्माणका लागि सामग्री व्यवस्थापनको कार्य अन्तिम चरणमा पुगेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए। एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टरमा महिला र पुरुषका लागि छुट्टाछुट्टै ठाउँ रहने उनले बताए। 

नेपाली सेनाले निर्माणको कार्यसँगै सञ्चालनको जिम्मेवारी लिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.