दलाल पूँजीवादले नहारुञ्जेल जनताले जित्ने संभावना कतै छैन

|

फेसबुकमा मैले पनि त्यो तस्वीर हेरेँ।

दिउँसोको झण्डै साढे तीन बजेको थियो होला। कृष्णगोपाल श्रेष्ठ र राधिका शाक्यको बीचमा उभिएर के.पी. ओलीले, माधव नेपाललाई सगुनको दही खुवाइरहेको त्यो फोटोमा धेरै ‘लाइक’ थियो। नेकपा (एमाले) का कति साथीभाइहरू रमाएका होलान् भन्ने मलाई लाग्यो !

तर, यो खुशी दुई रात पनि टिकेन। त्यसबेला रमाउने मनहरू अहिलेको विग्रहमा के गर्दै होलान्? म एक्लै सोचिरहेको छु।

जनता खुशी हुने कुरा, नेताहरूलाई परेन। एउटा लोकतान्त्रिक कम्युनिष्ट पार्टी बनाउने मदन भण्डारी अभियान त्यसै पार्टीका नेतालाई मन परेन। उनीहरू भित्रको सिये अर्थात वायु जाग्यो। 

सबै नेपालीलाई थाहा होस्-जब मान्छेहरू बन्दुकको नालबाट सत्ता निस्कन्छ भन्छन्, तब तिनीहरू बालखै छन्। जब उनीहरू साँच्चै बन्दुक बोकेर हिँड्छन्, उनीहरू परिवर्तनका संवाहकका अगुवा मजदुर किसानलाई त्रसित बनाई रहेका हुन्छन्। तिनीहरूको बन्दुकले मजदुर वर्गको परिवर्तनकारी मागलाई आतंकवादको सहयोगी बनाई दिन्छ।

उनीहरू पनि स्टालिनको लेनिनवादका आधारहरूभन्दा अघि बढ्न सकेनन्। कति बिजोक भयो उनीहरू बाहेकका नेता कार्यकर्ताहरूको। नेपालका स्टालिनवादी नेताहरूको भविष्य त समाप्त भयो नै। उनीहरूले नेतृत्व गर्ने पार्टीहरूको हालत पनि समाजवादी जनता दल भन्दा कहिल्यै माथि जान नसक्ने भयो। लेनिनले मुक्तकण्ठले प्रशंसा गर्नु भएको स्टालिनवाद जस्तै यहाँ पनि अयोग्य नेता नराम्ररी पछारिए।

नेपालको दलाल पूँजीवाद धेरै बलियो रहेछ। जनताको दुई तिहाइ मत पाएको पार्टीलाई त्यसले गर्ल्यामगुर्लुम ढालिदियो। प्रजातन्त्र र अधिनायकत्वबीच एउटा छान्नुपर्ने झगडामा नेपालका मार्क्सवाद नपढेका नेताहरूले अधिनायकत्वलाई आफ्नो आदर्श बनाए। हेर्दै जानुस्‌, यस्तै ताल हुने हो भने अब नेपालमा कम्युनिष्टको भविष्य ओरालो लाग्यो।

अब यी उही पुराना टुक्रे गुटहरूमा विभाजित हुन्छन् र २५ वर्ष शासन गरेको पश्चिम बंगालमा १० वर्षको अवधिमा शून्यमा झरेको कम्युनिष्ट पार्टीको वास्तविकता अनुभूति गराउने छ।

नेपालको राजनीतिमा जनताको जित हुने कुरो निकै टाढा छ। दलाल पूँजीवादले नहारुञ्जेल जनताले जित्ने संभावना कतै छैन। कम्युनिष्ट पार्टी स्वयम् दलाल पूँजीवादको पक्षधर भएको यो देशमा कसरी चाँडै जनताको सत्ता आउँछ र?

नेपालको मार्क्सवाद भनेको जनताको बहुदलीय जनवाद नै हो। जनताको बहुदलीय जनवाद भनेको कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरण हो। बलले होइन प्रतिस्पर्धामा नै कम्युनिष्ट पार्टी पनि अरू पार्टीलाई पराजित गर्नुपर्छ भन्ने मान्यता नै जनताको बहुदलीय जनवाद हो। तर, यहाँ त आन्तरिक जनवाद पनि देखिएन। शासकीय लोकतन्त्र त कहाँ हो कहाँ?

दुःख लाग्छ भन्नुको कुनै अर्थ छैन। नेताहरूले पनि जे जानेका रहेछन् त्यही गरेका हुन्। आफूले पनि जे जानियो त्यही गरियो। धेरै जनतासँग भेटघाट गरियो। मुलुकको राजनीति कुन ठाउँमा छ भन्ने पनि बुझियो।

मध्यम वर्गीय बुद्धिजीविहरू के-कस्ता षडयन्त्र गर्न सक्दा रहेछन् भन्ने पनि देखियो। दुईटा नराम्रा कुराहरू भेटियो भने अन्ठानब्बे त सिक्नैपर्ने हुन्छ, सिकियो पनि। त्यसैले आफ्नो विगतप्रति कुनै पछुतो छैन।

तर, मार्क्सवाद लेनिनवाद भन्ने नेताहरूले त नेपालमा केही गर्न सकेनन्। उनीहरूले नसकेको काम अरूले झन गर्न सक्दैनन्। त्यसैले, मार्क्सवाद मात्र भन्ने कुरालाई मार्क्सवादी–लेनिवादी–माओवादी नेताले हरियो साँप भनेर अभियोग लगाए पनि त्यसलाई मार्न सक्ने छैनन्। किनभने स्वतन्त्रता मानवको वास्तविक चरित्र हो। यो चरित्रलाई मार्क्‍सवादले नै वास्तविक अभिव्यक्ति दिन सक्छ। 

हामी संसदलाई उपयोग गर्ने होइनौं। संसदबाट पूरा गर्न सकिने कामहरू गर्ने हौं। हामी संसदमा कुनै नाटक गर्न गएका होइनौं, कामै गर्न गएका हौं। त्यहाँ पनि प्रतिस्पर्धा छ, आफूले प्रतिनिधित्व गरेको निर्वाचन क्षेत्रलाई अगुवा क्षेत्र बनाउने, जनताका मागहरू पूरा गर्ने, गराउने, आफ्नो इमानलाई जोगाउने, संसदमा पनि आफू र आफ्नो क्षेत्रलाई सर्वश्रेष्ठ बनाउन मिहिनेत गर्ने, कति छन् कति यस्ता थाहै नपाइने कामहरू। जसले तपाईंलाई अन्य सांसदभन्दा उत्कृष्ट सावित गर्छ।

सबै नेपालीलाई थाहा होस् : जब मान्छेहरू बन्दुकको नालबाट सत्ता निस्कन्छ भन्छन्, तब तिनीहरू बालखै छन्। जब उनीहरू साँच्चै बन्दुक बोकेर हिँड्छन्, उनीहरू परिवर्तनका संवाहकका अगुवा मजदुर किसानलाई त्रसित बनाई रहेका हुन्छन्। तिनीहरूको बन्दुकले मजदुर वर्गको परिवर्तनकारी मागलाई आतंकवादको सहयोगी बनाइदिन्छ।

किसानहरू त झन एकेक पाइला पछि लाग्छन्। ग्रामिण क्षेत्रमा त्यस्तो सत्ता आतंकले मानिसलाई मुर्दा बनाएको हुन्छ। मुर्दाले कहाँबाट गर्छ क्रान्ति?

वास्तवमा कम्युनिष्ट पार्टीको परिवर्तनको मार्ग शान्तिपुर्ण नै हुन्छ। शान्तिपुर्ण तरिकाले जनतालाई संगठित गर्ने, उनीहरूलाई किन उनीहरूले उठ्नुपर्छ। जाग्रित हुनुपर्छ। उनीहरूको अधिकार के हो त्यो किन खोसियो भनेर त्यसलाई राज्यसत्तासँग जोड्नुपर्छ।

धनी वर्गको हातमा सत्ता छ भने उसले धनीहरूकै हित गर्छ। मजदुर वर्गको हातमा सत्ता छ भने त्यहाँ सबै वर्गले राजनीतिक कार्य गर्न पाउँछन्‌ भन्ने सत्य सिकाउनुपर्छ भनेर पर्याप्त राजनीतिक काम गर्नुपर्छ। गाउँमा, शहरमा, विद्यार्थी र स्कूल शिक्षकहरूमा यसैगरी काम गरियो भने बल्ल उनीहरूले कुरो बुझ्छन् र सामाजिक परिवर्तनमा उनीहरू कति ठूलो महत्व हुँदो रहेछन् भन्ने सत्य बोध गर्छन।

पूँजीवादबाट समाजवादमा पुग्ने कुरो केटाकेटी खेल होइन। एउटा वर्ग, दलाल र नोकरशाही पुँजीपति वर्गलाई श्रमिक वर्गले पराजित गर्नु त्यति सजिलो काम होइन। समाज विकासको यो नै एक मात्र बाटो भएको हुनाले, राज्यनियन्त्रित पूँजीवादले दलाल पूँजीवादलाई पराजित गर्न सक्छ र हामी समाजवादी समाजमा पुग्छौं।

हामी संसदलाई उपयोग गर्ने होइनौं। संसदबाट पूरा गर्न सकिने कामहरू गर्ने हौं। हामी संसदमा कुनै नाटक गर्न गएका होइनौं, कामै गर्न गएका हौं। त्यहाँ पनि प्रतिस्पर्धा छ, आफूले प्रतिनिधित्व गरेको निर्वाचन क्षेत्रलाई अगुवा क्षेत्र बनाउने, जनताका मागहरू पूरा गर्ने, गराउने, आफ्नो इमानलाई जोगाउने, संसदमा पनि आफू र आफ्नो क्षेत्रलाई सर्वश्रेष्ठ बनाउन मिहिनेत गर्ने, कति छन् कति यस्ता थाहै नपाइने कामहरू। जसले तपाईंलाई अन्य सांसदभन्दा उत्कृष्ट सावित गर्छ।

सजिलो छैन कम्युनिष्ट पार्टीको राजनीति गर्न। दृढ अनुशासन, जनपक्षीय काम, प्रजातन्त्र प्रतिको प्रतिको प्रतिवद्धता अनुरुप शासन शैली। ०५१/५२ सकेसम्म यसको प्रयोग गरेका थियौं।

गाउँको पैसा गाउँमै पठाउने, सामाजिक सुरक्षा भत्ताको व्यवस्था। गृहमन्त्री के.पी. ओली नै हुनुहुन्थ्यो। तर, कहिल्यै बन्दुकको गोलीमा आँखा हुँदैन भनेर उहाँले गैरजिम्मेदार उत्तर दिनुपरेन।

अबको समाजवाद बन्दुकमार्फत आउने होइन, सामाजिक प्रतिस्पर्धाबाटै आउने हो। त्यसैले जनताको बहुदलीय जनवादले प्रतिस्पर्धामा जोड दिएको हो। विभिन्न नामका जनवादीहरू भन्दा सारमै योसँग ठूलो भेद छ। अरू वादहरू सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत चलेका छन् भने, जनताको बहुदलीय जनवादले सबै खाले अधिनायकत्वको विरोध गर्दछ।

अर्थात्, फेरि पनि भन्छु- जनताको बहुदलीय जनवाद भनेको मार्क्सवाद हो। अरू सबै वादहरू, स्टालिनको 'लेनिनवादका आधारहरू' आधारित सर्वहारा वर्गको अधिनायकत्वका विभिन्न नाममात्रै हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.