काठमाडाैं : राजधानीमा जारी नेपाल सुपर लिगमा भोलि (मंगलबार) बाट प्लेअफका खेल हुँदै छन्।
प्लेअफमा पुगेका चार वटै टिमका कप्तान तथा प्रशिक्षकले टोली सुखद् नतिजाको लक्ष्यका साथ मैदान उत्रिने दाबी गरेका छन्। प्लेअफको पहिलो खेलमा सोमबार काठमाडौं रेजर्सस र धनगढी एफसी प्रतिस्पर्धा गर्दै छन्। प्लेअफका लागि तयारीको समय नभए पनि मैदानमा जितका लागि उत्रने दुवै टोलीले दाबी गर्दा अन्य टोलीका कप्तान पनि उपाधि लक्ष्य बनाएका छन्।
पहिलो प्लेअफमा काठमाडौं रेजर्स र धनगढीबीचको विजेताले सीधै फाइनलमा स्थान बनाउनेछ भने हार्ने टिमले इलिमिनेटर खेल्ने मौका पाउनेछ।
पहिलो प्लेअफका लागि दुवै टिम तयार रहेको बताएका छन्। यस्तै ललितपुर सिटी एफसीका प्रशिक्षक राजु तामाङले लिग चरणका सुरुवाती चार खेलमा केही कठिन भए पनि बाँकी खेलमा सन्तुलित प्रदर्शन गरेकाले आगामी खेलमा पनि राम्रो नतिजा निकाल्ने अपेक्षा व्यक्त गरे।
यस्तै कप्तान अन्जन विष्टले पछिल्ला दुई खेलमा टोलीको राम्रो प्रदर्शन भएको भन्दै आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गरे। बुटवल लुम्बिनीबाट कप्तानको जिम्मेवारी पाएका विराज महर्जनले टिममा खेलाडीको चोट नभएकाले पनि प्रदर्शन राम्रो हुने अपेक्षामा राखे।
पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगितामा शनिबार फाइनल खेल हुनेछ। विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन्
तपाईंको ईमेल गोप्य राखिनेछ ।