|

बर्दिया : अक्सिजनको अभाव पूर्तिकालागि अक्सिजन बैंकको स्थापना गरिएको छ। ‘मेरो लागि अक्सिजन मेरो योगदान’ भन्ने नाराका साथ बर्दियामा अक्सिजन बैंकको स्थापना गरिएको हो।

जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा उद्योगी, व्यवसायी र समाजसेविको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको जनाइएको छ। अक्सिजन अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर अक्सिजन बैंक स्थापना गरेको अक्सिजन बैंक सञ्चालक समितिका संयोजक भेषराज पौडेलले बताए।

अहिले बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुट्न थालेको निर्माण व्यवसायी संघका अध्यक्ष समेत रहेका पौडेलले बताए। अक्सिजन बैंकको स्थापना गरिएसँगै अक्सिजन अभाव भएका कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।

उनले कसैले पनि अक्सिजन अभावमा ज्यान गुमाउनुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे। अक्सिजन बैंकबाट कुनै पनि पालिकालाई आवश्यक परेको खण्डमा उपलब्ध गराइने छ।

अक्सिजन बैंक सञ्चालनका लागि पौडेलको संयोजकत्वमा ७ सदस्यिय समिति पनि गठन गरिएको छ। बर्दियाका आठ वटै पालिकाले अहिले अक्सिजन सहितका आइसोलेसन बेडहरु तयार पारेर संक्रमितको उपचार गरिरहेका छन्। कोरोना संक्रमित थपिने क्रम बढेसँगै बर्दियामा ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.