|

सल्यान : यो गार्मीको मौसममा काफल र ऐँसेलु भन्न साथ जो कोहीको मुख रसाउँछ। अहिले वन जंगलमा काफल र ऐँसेलुका बोटमा लटरम्म फल छ। बोटमा चढेर पाकेको त्यो फल खानुको मज्जा नै बेग्लै हुन्छ। 

विश्वभर फैलिएको कोरोना भाइरस महामारीको प्रभाव वनमा पाइने काफल र ऐँसेलुलाई पनि परेको छ। किनकि, यसपटक बजारका चोकचोकमा काफल र ऐँसेलु बेच्न राखिएको छैन। लटरम्म पोकेका काफल र ऐँसेलु बजारसम्म नपुग्दा वनका चराको मात्र आहार भएको छ।

सहरी तथा बजार क्षेत्रमा जारी गरिएको निषेधाज्ञाका कारण काफल बिक्री भएको छैन। काफललाई आम्दानीको स्रोत बनाउनेहरु मारमा परेका छन्। 

सल्यानको कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, कुमाख, दार्मा गाउँपालिका र बागचौर नगरपालिकाको वनमा काफल पाउने गर्दछ। काफललाई व्यवसाय बनाएका किसानहरुले बारीको डिलमा समेत रोप्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.