|

काठमाडौं : बाँकेमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेको भेरी र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएरातिदेखि आज विहानसम्म थप १२ जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा रुकुम पूर्वका ५३ वर्षीय पुरुष, बर्दियाका ६३ र ७८  वर्षीया महिला, बाँकेका ५२ वर्षीय पुरुष, ४५ वर्षीय र ८८ वर्षीय पुरुष छन्।

यसै गरी बर्दियाकै ७३ वर्षीय पुरुष, २१ वर्षीय, ६० वर्षीय पुरुष र ८५ वर्षीय पुरुष छन्। त्यस्तै बाँकेका ६८ वर्षीय पुरुष छन्। यसै गरी बाँकेका अर्का ६२ वर्षीय पुरुषको पनि ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

योसहित बाँके जिल्ला भित्रका १९७ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरका बाँकेका विभिन्न अस्पतालमा मृत्यु हुनेको संख्या १४८ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.