|

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटेर खेल्नेछ। 

प्लेअफको दोस्रो खेलमा भोलि ललितपुर सिटी र बुटवल लुम्बिनी भिड्नेछन्। नेपालमा आयोजित पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगितामा ७ टोली सहभागी भएका थिए। प्रतियोगिताको विजेताले ३५ लाख नगदसहित ट्रफी हात पार्ने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.