|

सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्र र बजेट निर्माण सुरु गरेको छ। असार १ सम्म प्रदेश सरकारले बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था भएकाले  कारण कर्णाली सरकार बजेटको तयारीमा जुटेको हो। 

आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेटको सिलिङ अन्य मन्त्रालयमा पठाइसकेको छ। आगामी आर्थिक वर्षको बजेट करिब ३० अर्ब रुपैयाँको हुने मन्त्रालयका सचिव चक्रबहादुर बुढाले बताए।

चालु बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रित रहेका छ। अगामी वर्षको बजेट पनि महामारी नियन्त्रणमा केन्द्रित नै रहने मन्त्रालयले जनाएको छ। कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधार सुधार तथा निर्माण, उत्पादनमुलक रोजगारी, भोकमरी अन्त्य तथा सुशासनजस्ता विषयमा केन्द्रित रहेर बजेट प्रस्तुत गरिने सरकारको भनाइ छ। 

संघीय सरकारबाट आगामी आर्थिक वर्षका लागि १७ अर्ब बराबरको बजेट सिलिङ आएको कर्णाली सरकारले जनाएको छ। विकास बजेट अपेक्षाकृत ढंगबाट खर्च गर्न नसकेको प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म विकास खर्च ६५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गरिरहेको अधिकारीहरु बताउँछन्।

सरकारले चालु आर्थिक वर्षमा ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.