|

पर्वत : कोरोना संक्रमणबाट नेकपा एमाले कास्कीका नेता शोभाखर भण्डारीको मृत्यु भएको छ। एक साताअघि संक्रमित भएका ६३ वर्षीय शोभाखर भण्डारीको सोमबार राति साढे १२ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो। 

उनी झलनाथ–माधव समूहले केही समय अगाडि घोषणा गरेको एमाले कास्कीको कमिटीका उपाध्यक्ष हुन्। कमिटीका अध्यक्ष धनराज आचार्यका अनुसार उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आउँदै गएका भण्डारीको अचानक मृत्यु भएको हो।

‘सोमबार साँझ पनि हामीले टाढै बसेर कुराकानी गरेका थियौं। पछिल्ला दिनमा उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको थियो,’ आचार्यले भने, ‘तर राति साढे १२ अचानक मृत्युको खबर आयो।’

भण्डारीमा अन्य कुनै पनि स्वास्थ्य समस्या नरहेको उनको भनाइ छ। कोरोना संक्रमण भएपछि भण्डारीमा कोभिड निमोनिया पनि देखिएको थियो।

लामो समय नेकपा एमालेको सक्रिय राजनीति गरेका भण्डारी पछिल्लो समय प्रतिनिधि सभा विघटनपछि माधव नेपाल पक्षमा खुलेका थिए। भण्डारी कास्कीका विभिन्न संघसंस्थामासमेत आबद्ध थिए। अभिभावक सङ्घ, कास्की समाज अन्तर्राष्ट्रिय परिषद्, आदर्श समाज, पुष्पलाल मित्रता केन्द्र लगायत सङ्घसंस्थामा उनको आबद्धता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.