|

दाङ : कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा थप ८ जनाको मृत्यु भएको छ। ५ मिनेटको फरकमा मात्रै ३ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।

मृत्यु हुनेहरुमा तुलसीपुरका ५ जना, घोराही उपमहानगरका १ जना, गढवा गाउँपालिकाका १ जना र दंगीशरण गाउँपालिकाका १ जना रहेका अस्पतालले जनाएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का ५२ वर्षीय पुरुषको सोमबार साँझ पाैने ९ बजे, वडा नंं ६ का ७६ वर्षीय पुरुषको राति १० बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक द्रोण वलीले जानकारी दिए।

त्यस्तै तुलसीपुर १७ की ५० वर्षीया महिलाको मंगलवार बिहान पाैने ७ बजे, वडा नं १२ का २७ वर्षीया पुरुषको मध्याह्न साढे १२ बजे,  वडा नं ४ की ७० वर्षीया महिलाको दिउँसो २ बजे मृत्यु भएको उनले जानकारी दिए।

यसैगरी घोराही उपमहानगरपालिका १३ का ४४ वर्षीय पुरुषको  मंगलबार मध्याह्न १२ः३५ बजे, गढवा गाउँपालिका-४ का २५ वर्षीय पुरुषको बिहान ८ः२० बजे  र दंगीशरण गाउँपालिका-३ का ३१ वर्षीय पुरुषको मध्याह्न १२ः२५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.