|

काठमाडौं : चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल ल्याइएको छ।

नेपाल वायु सेवा निगमको वाइडबडी विमानले मंगलबार दिउँसो सामग्री ल्याएको हो । स्वास्थ्य सामग्री लिन विमान सोमबार चीन गएको थियो। 

चीनले दिने भनेको २० हजार थानमध्ये हाल तयार भएका ४ सय अक्सिजन सिलिन्डर लिएर आएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। नेपालमा अक्सिजन सिलिन्डरको अभावमा कोरोना संक्रमितकाे उपचारमा समस्या हुँदै आएको छ।

उनका अनुसार १ सय ६० थान अक्सिजन कन्सन्ट्रेटर, १० थान भेन्टिलेटर लगायतका २६ टन सामाग्री ल्याइएको हो । 

उनले यसपछि पनि सामान तयार हुनासाथ तुरुन्त जान सकिने गरी निगमलाई तयारी अवस्थामा राखिने बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.