|

जुम्ला : कोरोना महामारीमा खाद्यान्न अभाव हुन नदिन कोटा थप गरिएको छ। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएकै बेला जुम्लामा खाद्यान्न अभाव भएपछि थप कोटा स्वीकृत गरिएको हो।

जुम्लामा अनुदानको चामल अभाव भएको गुनासो बढेपछि खाद्य संस्थापन व्यापार कम्पनीको केन्द्रीय कार्यालयले धनगढीबाट चामल ढुवानी गर्ने गरी दुईसय क्वीन्टल चामल थप कोटा स्वीकृत गरिएको हो।

जुम्लामा  चामल अभावको गुनासो बढेपछि र केन्द्रीय कार्यालय, प्रदेश कार्यालयसँग समन्वय गरेपछि थप कोटा स्वीकृत गरेको खाद्य संस्थान व्यापार कम्पनी शाखा जुम्लाका प्रमुख तिलक सुनारले  बताए। उनले भने,‘प्रक्रिया सवै पुरा भएको छ। १०/१५ दिनमै धनगढीबाट जुम्ला चामल आइपुग्छ। प्रमुख सुनारका अनुसार प्रदेश कार्यालयसँग थप पाँच हजार र नेपालगन्ज, बर्दिया, राजापुरबाट एक-एक हजार क्वीन्टल चामल माग गरेका छौँ।’ उनले थपे,‘कोटा स्वीकृत हुन बाँकी छ।

माग गरिएका सवै कोटा स्वीकृत भएपछि आगामी आउने दसैँ तिहारमा पनि चामल अभाव हुने छैन।’ कोरोना महामारीमा चामल लिन समस्या नहोस् भनेर खाद्य संस्थान व्यापार कम्पनी जुम्ला शाखाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नियमित रुपमा चामल बिक्री गर्दै आएको छ।

जुम्लाको वार्षिक चामल कोटा पाँच हजार ६ सय ५० क्वीन्टल हो। जसमध्ये ९ सय क्वीन्टल डोल्पा सर्मी र काइगाउँ डिपो पठाउनु पर्दछ। जुम्लाका लागि चार हजार दुईसय ५० क्वीन्टल रहन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.