|

काठमाडाैं : नेकपा एमाले नेता तथा बागमती प्रदेश सभा सदस्य पशुपति चाैलागाईंको निधन भएको छ। नेता चाैलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो।  

उनको मृत्यु भएको लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पुष्टि गरेका हुन्। आज उनको निधन भएको हो। 

दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

२०२० साल फागुन ५ गते जन्मिएका चाैलागाईं २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए। २०३७ देखि २०४७ सम्म नेकपा मालेको दोलखा जिल्ला कमिटी सदस्य रहेका चाैलागाईं २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए। 

२०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३/६४ को अन्तरिम व्यवस्थापिका संसद बनेका थिए। त्यस्तै २०७०-७४ मा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। २०७१-७५ सम्म उनी एमालेको पोलिटब्युरो सदस्य थिए। 

उनका श्रीमतीसहित तीन सन्तान छन्। 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.