|

बाग्लुङ : ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा ट्याक्सी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ। ट्याक्सीमा सवार एक महिला घाइते भएकी छन्।

पोखराबाट ढोरपाटन जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा मंगलबार राति दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिए।

वन्तका अनुसार मृत्यु हुनेमा प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र ट्याक्सी चालक बडिगाड–१ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापा रहेका छन्। दुर्घटनामा मृतक विककी श्रीमती रतिमाया घाइते भएकी छन्। घाइतेलाई उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.