|

म्याग्दी : म्याग्दीका एक युवाले सगरमाथाको आरोहण गरेका छन्। सदरमुकाम बेनी बजारको शिक्षामार्ग घर भएका पाइलट सोवित गौचनले सगरमाथाको चुचुरो चुमेका हुन्।

गौचन सगरमाथा आरोहण गर्ने नेपालको पहिलो पाइलट बन्न पुगेका छन्। उनले सोमबार बिहान ८ः१५ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन्। गौचनले आरोहणकै लागि विभिन्न स्थानमा पुगेर अभ्यास समेत गरेका थिए।

करिब एक दशकदेखि नेपाली आकाशको अनुभव गरेका गौचनले एयर डाइनेस्टिका क्याप्टेन, अल्टिच्युट एयरका अपेरशन डाइरेक्टर सम्हालिसकेका छन्। उनी हाल हेली एभरेष्टका अपेरशन डाइरेक्टरको रुपमा कार्यरत छन्।

समाजसेवामा पनि सक्रिय गौचनले गत असारमा म्याग्दीका बाढीपहिरोपीडितलाई घटनास्थलमै पुगेर हस्तान्तरण गरेका थिए। उनले विभिन्न एयरमा आवद्ध पाइलटहरुबाट राहत संकलन गरेर पहिरोपीडितलाई ६ लाख बराबरको सहयोग गरेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.