|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा अन्य विपक्षी दलका नेताहरूसँग आज छलफल गर्दैछन्। 

देउवाले हिजो नै यो बैठक आह्वान गरेपनि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र छलफल नै नगरी सरकार गठनका सन्दर्भमा सर्वदलीय बैठक बोलाएको भन्दै आपत्ति जनाएपछि स्थगित गरिएको थियो।

दिउँसो आफ्नै निवास बूढानीलकण्ठमा सभापति देउवाले माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई छलफलका लागि बोलाएका पार्टी सह–महामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार बैठक बस्ने समय भने तय भइसकेको छैन।

पौडेलको विरोधपछि सभापति देउवाले आफ्नै पार्टी पदाधिकारी र पूर्व पदाधिकारीसँग छलफल गरेर सल्लाह लिएपछि मात्रै आज सर्वदलीय बैठक आह्वान गरेका सह–महामन्त्री महतले जानकारी दिए।

माओवादी केन्द्र र नेपाली कांग्रेसले नयाँ सरकार गठनको कसरत गरे पनि जसपाको एउटा समूह भने तयार भइसकेको छैन। जसपाका सबै सांसदहरु नयाँ सरकार गठनको पक्षमा नउभिए विपक्षी गठबन्धनलाई सत्तामा जान बहुमत पुग्ने देखिएको छैन।

नेकपा एमालेको माधवकुमार नेपाल समूह पनि नयाँ सरकार गठनका लागि निर्णायक मानिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.