|

सल्यान : अविरल वर्षापछि आएको पहिरोले छिन्चु-जाजरकोट सडक अवरुद्ध भएको छ।

गुर्भाकोट नगरपालिका-३, धारापानी नजिकै मंगलबार साँझ ७ बजेदेखि पहिरो खस्दा सडक अवरुद्ध भएको हो। 

सडक अवरुद्ध हुँदा अस्पतालतर्फ लगिएका बिरामीहरू बाटैमा अलपत्र परेका छन्। ६० देखि ८० वटासम्म एम्बुलेन्स र खाद्यान्न बोकेका गाडी अलपत्र परेका स्थानीय दलबहादुर विकले जानकारी दिए। 

डोजर लगाएर सडक खुलाउने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.