|

सल्यान : कोरोना भाइरसबाट सल्यानमा थप एकजनाको मृत्यु भएको छ। बनगाड कुपिण्डे नगरपालिका–६ का ४५ वर्षीय पुरुषको मंगलबार राति देवस्थल आइसोलेशनमा मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासु पोखे्रलले जानकारी दिए। 

ती पुरुषलाई तीन दिनअघि कोरोना पोजेटिभ देखिएको थियो। यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ।

यस्तै, बनगाड कुपिण्डे नगरपालिका–१ का ५० वर्षीय एक पुरुषको नेपालगञ्ज भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। २५ गते कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.