|

सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा १३० सवारीसाधन थन्किएका छन्। पुराना, लाइसेन्स/बिलबुक नभएका र दुर्घटना भई ट्राफिक कारवाहीमा परेका सवारीसाधन लामो समयदेखि ट्राफिक कार्यालयमै थन्किएका हुन्।

विभिन्न कारणले कारवाही गरेर ल्याइएका सवारीसाधनका धनी लिन नआएपछि कार्यालयमै थन्किएको कार्यालयका प्रमुख उपेन्द्रप्रसाद आचार्यले बताए। ‘बिलबुक फेल भएका सवारिसाधनलाई कारवाही गरेर ल्याउछौँ,’ उनले भने, ‘ती सवारीसाधनको बिलबुक नवीकरण गर्न धेरै पैसा लाग्ने भएपछि गाडी मालिकहरु लिन आउँदैनन् । बरु तिर्ने पैसाले नयाँ सवारी लिइहाल्छन्। त्यसैले कार्यालयमै थन्किन पुगेका हुन्।’

प्रमुख आचार्यका अनुसार कार्यालयमा थन्किएका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन। नयाँ–नयाँ सवारीसाधनहरु भन्सारले लगे पनि पुराना कार्यालयमै थन्किएको उनले बताए। जिल्ला प्रहरी कार्यालय र अन्य कार्यालयमा थन्किएका सवारीसाधनलाई एउटै ठाउँमा जम्मा गरी राखिएको छ। यसरी थन्काएर राख्नुभन्दा आवश्यक प्रक्रिया पूरा गरी ती सवारीसाधन सम्बन्धित निकायमा लिन सके राज्यलाई थप फाइदा पुग्ने ट्राफिक प्रहरीको भनाइ छ।

ट्राफिक कार्यालयले सबै सवारीसाधनको तथ्यांक राखी यातायात कार्यालयमा बुझाए लिलामी गर्ने प्रावधान छ। कार्यालयले सवारीसाधन लैजान भन्सारलाई बारम्बार पत्र पठाउँदा पनि सुनुवाइ नगरेको ट्राफिक प्रहरी कार्यालय प्रमुख आचार्य बताउँछन्।

भन्सार कार्यालयले कुनै पनि कार्यालयमा भएका सवारीसाधनको लगत दिएर मुद्दा नपरेको खण्डमा सार्वजनिक सूचना निकाल्न सक्छ। सूचनाका आधारमा जसले धेरै राजस्व तिर्छ उसले सवारीसाधन प्राप्त गर्ने नेपालगञ्ज भन्सारका भन्सार प्रमुख जयबहादुर भण्डारीले बताए।

बिलकुक हराएका, दुर्घटनामा परेका सवारीसाधनलाई विधि पु¥याएर लिलाम प्रक्रियामा लिनुपर्ने यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख आनन्द चापाईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.