|

गुल्मी : कोरोना संक्रमणबाट गुल्मीका एक शिक्षकको मृत्यु भएको छ। मुसिकोट नगरपालिका–७ का ५५ वर्षीय शिक्षकको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मंगलबार राति मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिशीले जानकारी दिए।

उनी महेन्द्र आदर्श माध्यमिक विद्यालयका ती शिक्षकमा वैशाख २० गते कोरोना पोजेटिभ देखिएको थियो। उनलाई वैशाख २४ गते थप उपचारका लागि चितवन पठाइएको थियो। 

गुल्मीमा कोरोना संक्रमणका कारण २८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। अहिले ६४० जना सक्रिय संक्रमित छन्। १०४ जना संक्रमित उपचारपछि निको भएको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.