कोरोना महामारीको चपेटामा नराम्ररी फसेको भारतमा पछिल्लो २४ घण्टाभित्र थप ४,२०५ जना संक्रमितको ज्यान गएको छ। ३ लाख ४८ हजार नयाँ संक्रमित पहिचान भएको छ।
त्यहाँ अहिलेसम्म २ करोड ३३ लाख ४० हजार ९३८ जनालाई कोरोना संक्रमण भइसकेको छ। २ लाख ५४ हजार १९७ जनाले संक्रमणपश्चात ज्यान गुमाएका छन्।
संक्रमण समस्या भोगेकामध्ये १ करोड ९३ लाख ८२ हजार ६४२ जना निको भएका छन्। अहिले पनि भारतभर ३७ लाख ४ हजार ९९ जना सक्रिय संक्रमित छन्।
भारतमा कोरोना संक्रमितमध्ये निको हुनेको दर ८२.७५ प्रतिशत रहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।